Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

युवा तथा खेलकुद मन्त्रालयका सबै कारोबार एक महिनाभित्र विद्युतीय माध्यमबाट

युवा तथा खेलकुद मन्त्रालयका सबै कारोबार एक महिनाभित्र विद्युतीय माध्यमबाट

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले एक महिनाभित्र आफू र मातहतका निकाय तथा खेल संघहरूको आर्थिक कारोबारमा विद्युतीय माध्यम प्रयोग गर्ने जनाएको छ ।

मन्त्रालयको तत्काल सुधार कार्ययोजना २०८२ ल्याउँदै मन्त्री बब्लु गुप्ताले सुधारका काम अघि बढाउन लागेका हुन् । जसअनुसार एक महिनाभित्रै मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरू एवं खेल संघहरूबाट गरिने आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्ने योजना अघि सारिएको छ । 

यसका साथै मन्त्रालयले २० दिनभित्र स्थानीय तह, जिल्ला तह, प्रदेश तह र राष्ट्रिय तहका खेलाडीहरूको खेलकुद सम्बद्ध जानकारी समेटिएको विद्युतीय अभिलेख तयार गर्ने योजना बनाएको छ । 

यसअघि नै मन्त्रालय र सम्बद्ध निकायका बैठकका गतिविधिलाई सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने काम थालनी भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार