काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बालबालिका र किशोर किशोरीहरूको हत्या गरिनु, घाइते हुनु, सरकार तथा निजी सम्पत्ति विद्यालय, सवारी साधन तोडफोड भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनपछि बालबालिकाको मानसिक अवस्था कमजोर भएको जनाएको छ ।
सिजपले २३ र २४ गतको आन्दोलनको छानविन गर्दा आन्दोलनले बालबालिकाको शिक्षा, मानसिक स्वास्थ्य,संरक्षणमा परेको असरबारे विस्तृत अध्ययन गरी यस्ता कुनै पनि हिंसात्मक गतिविधिमा बालबालिकाको प्रयोगलाई पूर्णरूपमा निरुत्साहित गर्नलगायत विभिन्न माग राखेको छ ।
जेनजी आन्दोलन, विपद् र पछिल्लो राजनीतिक घटनाक्रम, निर्वाचनको घोषणा भई प्रक्रिया अघि बढिरहेकाले अभियानले तीन वटै तहका सरकार, शिक्षा, विज्ञान तथा प्रविधि, गृह मन्त्रालय, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, सुरक्षा निकाय, राष्ट्रिय बाल अधिकार परिषद्, राजनीतिक दल, अभिभावक, परिवार, विद्यालय, आन्दोलनका आयोजकहरूसमक्ष बालबालिकाको संरक्षण, प्रवर्द्धनको लागि १६ बुँदे माग राखेको हो ।
सिजपले विज्ञप्ति मार्फत आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक पार्टीबाट जारी हुने घोषणापत्रमा बालबालिकाका विषयलाई प्राथमिकता दिन माग गरेको छ ।
निर्वाचन र अन्य कुनै पनि राजनीतिक गतिविधिमा बालकालकालाई प्रयोग नगर्न समेत आग्रह गरिएको छ । प्रतिनिधिसभाको निर्वाचनमा मतदान केन्द्र विद्यालयमा नराख्न र निर्वाचन आचारसंहितामा यस्ता विषय समावेश गरी कार्यान्वयन गन सो अभियानले माग गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com