काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक पौडेललाई बुधबार (कात्तिक १९)देखि लागु हुने गरी बैंकको प्रवक्ता तोकिएको हो ।
यसअघि प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित थिए ।
२०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग लगायतको कार्यानुभव छ ।
हाल उनी मानव संशाधन व्यवस्थापन विभागमा कार्यरत छन् । उनलाई गभर्नर प्रा. डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागबाट सरूवा गरेर प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com