Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

प्रवासी नेपालीलाई विदेशबाटै मताधिकार प्रयोगबारे विषय विज्ञहरूसँग छलफल

प्रवासी नेपालीलाई विदेशबाटै मताधिकार प्रयोगबारे विषय विज्ञहरूसँग छलफल

काठमाडौं।  सरकारले फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रवासी नेपालीलाई पनि विदेशबाटै मताधिकार प्रयोग गर्न दिनेबारे नेपाल पोलिसी इन्स्टिच्युटका विषय विज्ञहरूसँग छलफल गरेको छ ।

निर्वाचनमा नयाँ प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका सबै नेपाली नागरिकलाई विदेशबाटै मतदान गर्न गर्नुपर्ने व्यवस्था र तयारीबारे सरकारले विज्ञहरूसँग सुझाव मागेको छ ।

आइतबार गृह मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजनमा भएको छलफलमा नयाँ प्रविधिको प्रयोग गर्दा अपनाउनु पर्ने सजगता, कानुनी चुनौती र गर्नु पर्ने कानुनी प्रावधानको उपायबारे कुराकानी भएको थियो ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ प्रविधिमार्फत नेपालमै बसोबास गर्ने र विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न सरकार लागिपरेको बताए ।

गृहमन्त्री अर्यालका अनुसार विषय विज्ञहरूसँग कुन च प्रविधि बढी भरपर्दो, सुरक्षित र विश्वसनीय हुनेबारे कुराकानी भएको थियो । अझै छलफलको क्रम जारी रहेकाले मतदानका लागि प्रयोग प्रविधिको टुंगो नलागेको उनले बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बद्लिँदो परिस्थिति र जेनजी आन्दोलनको जनभावना अनुसार अघि बढ्नुपर्ने बताए । उनले निर्वाचन आयोग र कानुन मन्त्रालयले प्रविधिको प्रयोग गरेर देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीले मतदान गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले प्रविधिको प्रयोगलाई नागरिक मैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले

निर्वाचनसँग प्रविधिलाई जोडेर नागरिकमा यसको सही र सुरक्षित प्रयोगबारे जनचेतना जगाउनुका साथै सरोकारवालासँग छलफल गर्नुपर्ने बताए ।

कार्यक्रममा पोलिसी इन्स्टिच्युटका तर्फबाट पिएचडी खगेन्द्र ढकालले कुन कुन प्रविधिमार्फत कसरी विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन सकिन्छ भन्ने बारे प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार