विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज १४ औँ दिन समेत सडक प्रदर्शन जारी राखेका छन् । सरकार र शिक्षकबीच दुई पटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका शिक्षक महासंघको भनाइ छ ।
चैत २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलमा सुरु भएको आन्दोलन २ सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरूले आक्रोश व्यक्त गरेका छन् । चैत २६ गतेदेखि शैक्षिक हडताललाई थप सशक्त रूपमा अगाडि बढाउँदै सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।
लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासीन बनेको उनीहरूले आरोप लगाएका छन् । संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरू विकल्प नरहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
यसैबीच, सरकारले शिक्षक महासंघले राखेका मागहरु पूरा गर्ने सम्बन्धमा गृहकार्य थालेको छ । औपचारिक वार्ता टोली बनाएर छलफल गर्न शिक्षा मन्त्रालयले गरेको आव्हान प्रभावकारी नभएपछि सरकारले उच्च स्तरीय छलफल गर्ने तयारी गरेको हो । यसका लागि श्रोत व्यवस्थापन लगायतका विषयमा सरकारका सरोकारवाला मन्त्रालयका मन्त्रीहरुबीच आज छलफल भइरहेको छ ।
अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री विद्या भट्टराईबीच शिक्षकका मागका सम्बन्धमा छलफल भएको हो ।
सरकारले आज पनि शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। तर शिक्षक महासंघले भने हिजो मात्र पदाधिकारी बैठक बसेर आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com