काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले कसैको पद जोगाउन वा कोही व्यक्ति सधैं पदमा रहिरहनुपर्छ भन्ने उद्देश्यले सहकारी ऐन वा नियामकीय मापदण्ड परिमार्जन गर्नुपर्छ भन्नेमा पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । हिजो आयोजित जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङको ३२औं वार्षिक साधारणसभामा बोल्दै उनले भने “कसैको पद जोगाउन वा सधैं पदमा रहिरहने उद्देश्यले ऐन–मापदण्ड परिमार्जन गर्नुपर्छ भन्नेमा म सहमत छैन।”
अध्यक्ष ढकालले नेतृत्वमा देखिएको होडबाजीका कारण सहकारी अभियान नै अप्ठ्यारोमा परेको समेत बताए । उनले भने, हिजो हामीले छुट्टै बचत ऐन माग्यौँ। अहिले सरकारले बचत–ऋण कारोबार गर्ने सहकारीका लागि छुट्टै मापदण्ड ल्यायो। ती मापदण्डमा केही त्रुटि छन्, तर कर्जा सूचना केन्द्र, असुली न्यायाधिकरणजस्ता अत्यावश्यक विषय समेटिएको छ। प्रारम्भिक संस्थालाई अप्ठ्यारो परे अझै पनि ‘लविङ’ गर्न सकिन्छ। तर कसैको पद जोगाउन वा सधैं पदमा रहिरहने उद्देश्यले ऐन–मापदण्ड परिमार्जन गर्नुपर्छ भन्नेमा म सहमत छैन।”
अध्यक्ष ढकालले प्रारम्भिक संस्था वा सङ्घ के मा नेतृत्व गर्ने हो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताउँदै सबै ठाउँमा आफू नै हुँदा मात्रै ठीक हुन्छ भन्ने सोच नेतृत्व तहले त्याग्न सके मात्र अभियान सुदृढ हुने उल्लेख गरे ।
दोहोरो तेहोरो पद संरक्षणका लागि अभियानकर्मीहरु मरिहत्ते गरेर नियामकहरुदेखि शक्तिकेन्द्रसम्म धाउदै गरेको भन्ने समाचारहरु प्रकाशित भैरहेको सन्दर्भमा नेफ्स्कून अध्यक्षले आफ्नो कित्ता क्लियर गरेका हुन् । अभियानकर्मीहरुको दोहोरो तेहोरो पद ओगट्ने अडानप्रति सहकारीका नियामकीय निकायहरुदेखि ब्यूरोक्रेटहरुसम्मको असन्तुष्टि देखिएको छ । उनीहरुले दोहोरो तेहेरो पदले स्वार्थको द्धन्द हुने भन्दै सहकारी ऐनमा भएको व्यवस्था कार्यान्वयनमा जोड दिदैं त्यसको कार्यान्वयनका लागि राष्ट्रिय सहकारी महासंघदेखि विषयगत केन्द्रीय संघहरुलाई तारन्तार पत्राचार गर्दै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com