Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कृषि एम्बुलेन्समा लगानी बिस्तार गर्दै सरकार

कृषि एम्बुलेन्समा लगानी बिस्तार गर्दै सरकार

काठमाडौं। सरकारले कृषि उपजको बिक्रीका लागि बजारसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यका साथ कृषि एम्बुलेन्समा लगानी बिस्तार गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्न केही पालिकामा दुई करोड ७० लाख रुपैयाँ सहयोग गरेको हो । देशका विभिन्न १८ पालिकामा प्रतिपालिका रु १५ लाखका दरले रकम पठाइएको मन्त्रालयले जानकारी गराएको छ । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा किसानले उत्पादन गरेका कृषि उपज ढुवानीका लागि एम्बुलेन्स सञ्चालन गरिने बताइएको छ ।

विकट बस्तीका किसानलाई लक्षित गरी उत्पादित दूध, ताजा तरकारी, आलु, सुन्तलालगायत कृषि उपजको बजारीकरणमा सहयोग पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालन गर्न सम्बन्धित गाउँपालिकाले आवश्यक कार्यविधि बनाउने छ ।

एम्बुलेन्स सञ्चालनका लागि जनशक्ति, तापक्रम व्यवस्थापन, सेवा शुल्क निर्धारणलगायत विषय स्थानीय तहले नै गर्नेछ ।  किसानलाई खेतीतर्फ प्रोत्साहन गर्न विभिन्न प्रदेश तथा स्थानीय तहलाई पनि कृषि एम्बुलेन्स सञ्चालन गर्न मन्त्रालयले सुझाएको र एम्बुलेन्स प्रभावकारी सञ्चालन गरिएका कतिपय पालिकामा कृषि उपजको बजारीकरण गरी किसान लाभान्वित भएका जनाइएको छ ।

सरकारले कृषि क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउन  किसानलाई व्यावसायिक सीप, तालिम, मल, बीउ बिजन, प्रविधि तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार