Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

थपिए झण्डै सात लाख बढी नयाँ मतदाता

थपिए झण्डै सात लाख बढी नयाँ मतदाता

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय सकिएको छ। गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकारवालाहरुको आग्रहपछि  यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो । उक्त समय गएरातीबाट सकिएको छ । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा समेत मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था गरेपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या बढेको थियो ।

यो सम्पूर्ण अवधिमा करिब सात लाख नयाँ मतदाता थपिएका छन् । यससम्बन्धी औपचारिक विवरण आयोगले चाँडै सार्वजनिक गर्ने जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार