Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सीएमसी कास्कीको ८औं वार्षिक साधारणसभा

'चुनौती सामना गर्ने क्षमता सहकारीका म्यानेजर लिडरसँग हुनुपर्छ'

'चुनौती सामना गर्ने क्षमता सहकारीका म्यानेजर लिडरसँग हुनुपर्छ'

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आठौँ वार्षिक साधारण सभा बिहीबार पोखरा सम्पन्न भएको छ । सभा क्लब कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै क्लबका मानार्थ सदस्य तथा सभाका प्रमुख अतिथि भिमबादुर गुरुङले विद्यमान समयमा सहकारी क्षेत्रमा देखिएको विकृति विसंगतीलाई निरुत्साहित गर्दै सञ्चालक र शेयर सदस्यको पुल बनी यस क्षेत्रको उत्थान र सहकारी अभियानलाई सशक्त बनाई अगाडी बढाउने खम्बा भनेकै सहकारीका म्यानेजर्सको जिम्मा भएको बताए ।

कुनैपनि क्षेत्रमा विभिन्न समयको अन्तरालमा विभिन्न समस्या दोहोरिरहन्छ, समस्या र चुनौतीलाई सामना गर्न सक्ने क्षमता सहकारीका म्यानेजर लिडरसँग हुनुपर्दछ । नियतवश सहकारी अभियानलाई ध्वस्त र आतंकित पार्ने तत्वलाई चिनौ, चुनौतीका बाबजुद यस क्षेत्रलाई थप मजबुद र सबल बनाई गुणस्तरीय सेवा नै अहिलेको सहकारी क्षेत्रको आवश्यकता रहेको भनाई अतिथि गुरुङले राखेका थिए । 

क्लबका निवर्तमान अध्यक्ष अपिल कोइरालाले सहकारीमा हुन सक्ने जोखिम न्यूनिकरणमा शेयर सदस्य, कर्मचारी र सञ्चालक समिति जानकार हुनुपर्ने बताए । सहकारीमा कुनै पनि नेपाली नागरीक शेयर सदस्य बन्न भन्दा अगाडी नै यसबाट हुने फाइदा र बेफाइदाका विषयमा जानकारी गराउन सकियो भने सहकारी क्षेत्र धेरै सुरक्षित रहने बताए । सभामा प्रस्तुत कोषाध्यक्ष सन्तोष रानाभाटद्वारा प्रस्तुत क्लबको आयव्यय विवरण र सचिव शंकर प्रसाद पौडेलद्वारा प्रस्तुत वार्षिक प्रगति र आगमी कार्यक्रम सम्बन्धि प्रतिवेदन अनुमोदन गरेको थियो । 

सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. बाट गण्डकी प्रदेशबाट सहकारीका उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत सम्मानीत गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि. पोखरा २५ हेम्जाका प्रमुख कार्यकारी अधिकृत डम्बर सिं बस्नेतलाई सम्मान गरिएको थियो भने २०७५ सालमा स्थापित क्लबमा १२५ जना कास्कीका सहकारीका व्यवस्थापन प्रमुख सदस्य रहेको क्लबको सभा सञ्चालन सचिव शंकर प्रसाद पौडेलले गरेका थिए भने स्वागत मन्तव्य क्लबका उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले राखेको कास्कीबाट श्रीराम सुबेदीले जानकारी गराए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार