काठमाडौ । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माको सरुवा गरेको छ । उनको ठाउँमा मधेश प्रदेशका सचिव मदन भुजेललाई स्थानान्तरण गरिएको छ । शर्मालाई भने रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले शर्मासहित चार सचिवको सरुवा गरेको हो । मन्त्रिपरिषद् बैठकले संघीय तहका प्रमुख निकायका सचिवहरूको अदली–बदली गर्ने निर्णय गरेको थियो।
यसअघि, कोशी प्रदेशका प्रमुख सचिव रहेका शर्मालाई सरकारले २०८२ बैशाखमा सहकारी मन्त्रालयमा सरुवा गरेको थियो । २०८२ बैशाख ८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई सहकारी मन्त्रालयमा सरुवा गरेको थियो ।
यसैगरी, हिजोको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ भने कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com