Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
हालसम्म ८० दल दर्ता

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने अब आज एक दिन मात्र बाँकी रहेको छ । हिजो सम्म आयोगमा ८० दल दर्ता भएका छन् । फागुन २१ गते बिहीवारको दिन हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम सम्वत् २०८२ साल मंसिर ०१ गते देखि मंसिर १० गते सम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची ( १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौमा दल दर्ताका लागि निवेदन दिन आयोगले सूचित गरेको थियो । 

आयोगका अनुसार मङ्सिर १ गते १२ वटा, २ गते पाँच, ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६, ८ गते आठ र ९ गते १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आज बुधवारसम्म दल दर्ताको समय रहेकाले यो सङ्ख्या थप बढ्ने आयोगले जनाएको छ ।

hor1_page-0001_11zon.jpg
undefined
hor1_page-0002_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार