Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि १ सय २० दलको निवेदन

आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि १ सय २० दलको निवेदन

काठमाडौं । फागुन २१ गतेको  प्रतिनिधिसभा निर्वाचनका लागि एक सय २० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगका अनुसार दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि एक सय २० वटा निवेदन प्राप्त भएको हो ।

आयोगले अब तोकेको कार्यतालिकाअनुसार दर्ता निवेदनहरूको आवश्यक जाँचबुझ, छानबिन र कानुनी योग्यता परीक्षण गरी योग्यता पुगेका राजनीतिक दललाई मंसिर २० गतेभित्र दर्ता स्वीकृति प्रदान गर्ने जनाएको छ ।

चुनावमा सहभागी हुने दलहरूको दर्ता व्यवस्थापन, चुनाव चिन्ह वितरण र अरु प्रक्रिया कानुन बमोजिम पारदर्शी रूपमा अघि बढाइने आयोगको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार