Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मतदाता नामावलीमा भएको त्रुटि सच्याउन मंसिर २६ गतेसम्म समय

मतदाता नामावलीमा भएको त्रुटि सच्याउन मंसिर २६ गतेसम्म समय

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि मंसिर २६ गतेसम्म समय तोकेको छ। मतदाता नामावलीलाई त्रुटिरहित तुल्याउन सच्याउने समय दिइएको जनाएको छ ।

आयोगले भनेको छ, ‘मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेकोले मिति २०८२/८/२६ सम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवं उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताको लागि आयोग हार्दिक अपिल
गर्दछ।’

यो अवधिमा त्रुटि सच्याउनेसँगै कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए उजुरी दिन, एकभन्दा बढी ठाउँमा नाम समावेश भए एउटै ठाउँमा कायम गर्न, मृत्यु वा नागरिकता त्यागेको भए जानकारी गराउन पनि आग्रह गरेको छ। यो प्रक्रिया पूरा भएपछि आयोगले मतदाता नामावली प्रकाशन गर्नेछ।

001.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार