२४ मंसिर, ललितपुर। ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको समिकरणले अन्तिम खेलवाट विजेता टोलिको छिनोफानो हुने भएको छ। ललितपुरको क्यास्पियन कलेजमा सञ्चालन भइरहेको राष्ट्रिय टिम चेस खेलको छैंटौं चरण शीर्ष चार टोली बिच कडा प्रतिस्पर्धा हुन पुगेको थियो। प्रतियोगितामा पहिलो टेबलमा महालक्ष्मी नगरपालिका टिमलाई दोलखा चेस होम्सले २.५ - १.५ को स्कोरमा हराउन सफल भएका छन्।
यस संगै दोलखा चेस होम्स १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईंले दोस्रो बोर्डमा सुरोज महर्जनलाई हराई महत्वपूर्ण १ अंक जोडे भने रुपेश जैसवाल, ज्वाला इम्बुङ्ग र राजन सुबेदीले क्रमशः क्षितिज भण्डारी, कमल श्रेष्ठ र अशोक मन श्रेष्ठसँग बराबरी खेले। यसैगरी दोस्रो टेबलमा ललितपुर महानगरपालिका टिमलाई दोलखा जिल्ला संघले समान २.५ - १.५ को स्टोरमा हराउदै महत्वपूर्ण जीत हात पारेका छन्। यस संगै दोलखा जिल्ला संघ १० अंक जोडेर संयुक्त अग्रता लिएका छन्।
स्पर्धामा दोलखा जिल्ला संघका बद्रीलाल नेपालीले चौथो वोर्डमा ललितपुरका खेलाडी धिरेन राई हराई महत्वपूर्ण १ अंक जोडेका छन्। अन्य तिन खेलाडी रिसोन थापा, कृष्ण थापा र मिलेन कुसाथाले क्रमशः पुरुषोत्तम सिलवाल, प्रकाशचन्द्र नेपाल र मुहान नरसिंह श्रेष्ठसँग बराबरी खेले। यस पूर्व पाँचौं चरणको खेलमा महालक्ष्मी नगरपालिकाले दोलखा जिल्ला संघसँग २-२ को बराबरी नतिजा निकालेका थिए। जसमा बोर्ड नं. १ मा क्षितिज भण्डारी रिसोन थापालाई पराजित गर्न सफल भएका छन् भने बोर्ड नं. ३ मा शैलेन्द्र न्यौपानेले मिलेन कुसाथा संग हार ब्यहोरेका छन्।
बोर्ड नं. २ र ४ मा क्रमशः सुरज महर्जन र कृष्ण थापा तथा कमल श्रेष्ठ र बद्रीलाल नेपाली बीच खेल बराबरमा सकेको छ। अर्को खेलमा दोलखा चेस होम्सले ललितपुर महानगरपालिका टिमलाई ४-० को सहज जीत दर्ता गरेका छन्। दोलखा चेस होम्सका रुपेश जैसवालले पुरुषोत्तम सिलवाललाई, पुरुषोत्तम चौलागाईंले प्रकाशचन्द्र नेपाललाई, ज्वाला इम्बुङ्गले मुहान नरसिंह श्रेष्ठलाई र राजन सुबेदीले धिरेन राईलाई हराए। राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको तेस्रो टोलि साबिक बिजेता थापाथली चेस पार्कले ६ खेलमा चार जीत, एक बराबर र एक हारको नतिजा सँगै ९ अंक बनाएका छन्।
थापाथली चेस पार्कका सुश्रुत दहालले भक्तपुर जिल्ला बुद्धिचाल संघका राजेश कक्षपति, सुशील चौधरीले विनय थापालाई, आशिष फुयालले झिल्के मोक्ताङलाई तथा सबिनचन्द्र घिमिरेले अभय सिंह थापालाई पराजित गरेका छन्। प्रतियोगिताको सातौं चरणको खेल बिहिबार बिहान ९ बजे सञ्चालन हुनेछ । अन्तिम चरणको खेल पश्चात ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्यले पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com