Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

३ नगरपालिकाका २ दर्जन सहकारीबीच असल अभ्यास आदानप्रदान

३ नगरपालिकाका २ दर्जन सहकारीबीच असल अभ्यास आदानप्रदान

काठमाडौं । काठमाडौंका तीन नगरपालिकाका दुई दर्जन सहकारीहरुबीच आज असल अभ्यास सिकाइ आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिकाका गरी २४ वटा सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको उपस्थितिमा आज कागेश्वरी मनोहरा नगरपालिका आलापोटस्थित राष्ट्रिय सहकारी बैंक लि. (एनसीबीएल)  जोटरपाटीको सदस्य संस्था सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को सभाहलमा अन्तर सहकारी संस्थाका असल अभ्यास सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । 

उक्त कार्यक्रमले समुदायमा आधारित र सदस्य केन्द्रीत सहकारीहरुले गरेका पृथक, विशिष्ट र अनुकरणीय अभ्यासहरुको आदानप्रदान गरिएको थियो । यसले गर्दा सहकारीहरुलाई सदस्य सेवामा थप समर्पित भई नवीन ढंगले कार्यक्रमहरु सञ्चालन गर्ने सिकाइ भएको सहभागी संस्थाका प्रतिनिधिहरुले प्रतिक्रिया जनाएको एनसीबीएल जोरपाटी शाखाका प्रमुख आदर्श धमलाले धिप्री डटकमलाई जानकारी गराए । यस किसिमको कार्यक्रमले छिमेकी नगरपालिकाका सहकारीहरुबीच सम्बन्धमा प्रगाढता थपिने विश्वास समेत सहभागीहरुले व्यक्त गरेका थिए ।

आफ्ना सदस्य संस्थाहरुले यस प्रकारको अभ्यासहरु विगतमा पनि सञ्चालन गर्दै आएको भन्दै उनले असल अभ्यासहरुको आदानप्रदानमार्फत सहकारीहरु सबलीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यसैगरी, धमलाले यस प्रकारको सिकाइको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारीका लागि सदस्य संस्थाहरुले बैंकप्रति गरेको विश्वासको लागि कृतज्ञता व्यक्त गरे ।

साथै उनले बैंकको आग्रह स्वीकार गरी संस्थाको गतिविधिहरुलाई सबै सहकारी संस्थामाझ चिनाउने र सहकारीका असल अभ्यासहरुलाई सिकाउने कार्यमा अमुल्य समय र न्यानो आतिथ्यताका लागि सहयोगी संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठसँगै सम्पूर्ण संचालक समिति, उपसमिति, प्रमुख कार्यकारी अधिकृत महेश श्रेष्ठ लगायत व्यवस्थापन समूहप्रति आभार समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार