१५ पौष, काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को आयोजनामा प्रथम केएमसी वार्ड चेयरम्यान कप ओपन फिडे रापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ। वडा अध्यक्ष कुश ढकालले विज्ञप्ति जारी गर्दै माघ १६ र १७ गते सञ्चालन हुने चेस प्रतिस्पर्धामा जम्मा ३३ जना खेलाडीहरूलाई कुल नगद पुरस्कार ३ लाख २८ हजार प्रदान गर्ने जानकारी गराए। वडा अध्यक्ष कुश ढकालले सर्वाधिक नगद पुरस्कार प्रदान गरिने बुद्धिचाल प्रतियोगितामा नेपालका शीर्ष खेलाडी लगायत विदेशी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको जानकारी गराएका छन्।
२९ वडाले नागरिकको सर्वोपरि हितलाई ध्यानमा राख्दै लैङ्गिक हिंसा विरुद्धको सचेतना, गुनासो सुनुवाई, पूर्वाधार र सम्पदा क्षेत्रको विकास, वरिष्ठ ज्येष्ठ नागरिक भत्ता वितरण, मनको व्यवस्थापन कला माइन्ड मानेजमेन्ट, विशेष सरसफाई, महिला सशक्तिकरण, राजस्व ऐन तथा आर्थिक विधेयक मस्यौदा तयार, लाखे जात्रा तथा समयबजी व्यवस्थापन, वातावरण मैत्री झोला प्रवर्द्धन, विपन्न विद्यार्थी छात्रवृत्ति लगायतका कार्य गर्दै आइरहेको जानकारी गराएका छन्।
केहि समय अगाडी वडा नं २२ ले सहिद सुरज शाक्य स्मृति महानगरपालिका स्तरीय अन्तर वडा बुद्धिचाल प्रतियोगितामा सहभागी जनाएको स्मरण गर्दै यस वडाले खुल्ला चेस आयोजना गरि खेलाडी हितको काम थालेको बताएका छन्। वडा सदस्य एवं कार्यक्रमका संयोजक सन्तोष ढुंगेलका अनुसार प्रतियोगिताका विजेता खेलाडीले नगद पुरस्कार रु.३५ हजार, द्वितीयले रु.३० हजार, तृतीयले रु. २५ हजार, चौथो हुने खेलाडीले नगद रु.२० हजार प्राप्त गर्ने छन्। यस्तै पाँचौं स्थान देखि सातौं स्थान सम्म आउने खेलाडीले समान नगद पुरस्कार जनही रु. १७ हजार प्राप्त गर्ने जानकारी गराएका छन्।
आठौं देखि दशौं हुने खेलाडी जनही १५ हजार, एघारौं देखि पन्ध्रौं सम्मकाले जनही ७ हजार पुरस्कार हात पार्नेछन्। यसैगरी उत्कृष्ट महिला विधा तर्फ प्रथमले ७ हजार, द्वितीयले ६ हजार, तृतीयले ५ हजार पाउने छन्। बेस्ट अनरेटेड प्रथमले ५ हजार, दोस्रो ४ हजार, तृतीय ३ हजार, बेस्ट भेटरान प्रथमले ५ हजार, द्वितीय ४ हजार, तृतीयले ३ हजार पाउनेछ । उत्कृष्ट युवा १४ वर्ष, युवा १२ वर्ष, युवा १० वर्षका खेलाडी, रेटिङ १८०० मुनि, रेटिङ १६०० मुनिका प्रथम द्वितीय तथा तृतीय हुनेले पनि नगर पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन्
डिल्लीबजार स्थित २९ नम्बर वडाको आफ्नै भवनमा सञ्चालन हुने स्पर्धाका निर्देशक इन्द्रकुमार बस्नेत रहेका छन् भने प्रतियोगिताको प्रमुख निर्णायक फिडे निर्णायक एफए सोराज ताम्राकारले स्वीस लिग नौ चरणको खेल १० मिनेट १० सेकेन्ड इनक्रिमेन्ट खेलाइने बताए। प्रतियोगिता को व्यवस्थापन थापाथली चेस पार्क क्लबले गर्नेछन् भने मिडिया पार्टनर बुद्धिचाल डट कमले जिम्मेवारी लिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com