काठमाडौं । काभ्रे जिल्लाका सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा थलो कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । क्लबका अध्यक्ष एवम् ज्योति मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको अध्यक्षतामा आयोजित सभाकै अवसर पारेर सहकारी अभियानको वर्तमान अवस्था र भावी कार्यदिशा विषयमा सहभागीहरुबीच फलदायी अन्तरकृया समेत गरिएको छ । कार्यक्रममा सहकारीविद कुबेर निरौलाको कार्यपत्र प्रस्तुती र सहजीकरण रहेको थियो ।
साधारणसभामा क्लबका अध्यक्ष एवम् ज्योति मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालबाट प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष मनोज रायमाझीबाट आर्थिक प्रतिवेदन, उपाध्यक्ष ठाकुरनाथ अधिकारीबाट स्वागत मन्तव्य राखिएको थियो ।
जिल्ला सहकारी सङ्घ, काभ्रेका अध्यक्ष अमन पोटे प्रमुख अतिथि रहेको कार्यक्रमको अतिथिहरुमा जिल्ला बचत सङ्घ, काभ्रेका अध्यक्ष उदयराम कायस्थ, पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने थिए ।
कार्यक्रममा जिल्ला बचत सङ्घका नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । कार्यक्रम सन्चालन क्लबका सचिव सुवास वैद्यले गरेका थिए ।
२०७८ सालमा विधिवत दर्ता भएको क्लबले आफ्नो उद्देश्यअनुरुप सहकारी सङ्घसस्थामा कार्यरत कर्मचारीहरुको वृतिविकास र मानव मानव संशाधन विकासमा तालिम, शिक्षा समसामयिक विषयमा अन्तरक्रिया लगायत विविध कार्यक्रमहरु गर्दै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com