काठमाडौं । कोटेश्वरस्थित सुयोग्य साकोसद्धारा संस्थामा डिजिटल माध्यमद्धारा नियमित र अधिकतम कारोबार गर्ने दुई सदस्यहरुलाई आज एक हजारको रिचार्ज कार्ड सहित प्रशंसापत्र र मायाको चिनोद्धारा प्रोत्साहित गरेको छ । संस्थाद्धारा आयोजित वित्त तथा डिजिटल साक्षरता कार्यक्रममा संस्थाका सदस्यद्धय अमृतमाया तामांग र श्याम खडकालाई उक्त प्रोत्साहन प्याकेज प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष टेकवहादुर लिम्वुको अध्यक्षता र संचालक देउप्रसाद लिम्वुको स्वागत मन्तव्यबाट शुरु भएको वित्त तथा डिजिटल साक्षरता कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले सुयोग्यको संक्षिप्त झलक प्रस्तुतीका साथै संस्थाका डिजिटल सेवाहरुको प्रयोगबारे अवगत गराए । यसबारे थप स्पष्ट पार्दै संस्थाका सूचना तथा प्रविधि सहायक साप्चुहांग तुम्वाहाम्फेले सदस्य अमृतमाया तामांगको उदाहरण दिंदैं हेर्दा अप्ठ्यारो लागेपनि संचालनमा कठिनाई नहुने र सिक्न सकिने कुरामा विश्वास दिलाए ।
सोही कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार चित्रा कुमारी थाम्सुहांग सुव्वाले सहकारी शिक्षा तथा वित्तीय साक्षरता विषयमा प्रशिक्षण दिइन् । वित्तीय योजना, बचत, लगानीबारे व्यावहारिक प्रस्तुति दिदैं सुव्वाले वित्तीय सेवा प्रदायक संस्था छनौटमा समुदायमा आधारित सहकारी संस्था मात्र छनौटका लागि सचेत गराइन । उनले सहकारी संस्थाका समिति उपसमिति कर्मचारीहरुले मात्र नभई सदस्यले पनि सहकारीका नैतिक मूल्य अनुरुप आफ्नो जीवनशैली अपनाउनुपर्ने भन्दै सुयोग्यलाई अझ सुयोग्य बनाउन सदस्यहरु समेत सुयोग्य हुनुपर्ने कुरामा सदस्यहरुको ध्यानकेन्द्रित गराइन् ।
संस्थाका संचालकहरु खुसमाया श्रेष्ठ, श्रीचन्द्र तण्डुकार र भगिमाया थाम्सुहांग समेतको सहभागिता रहेको उक्त कार्यक्रममा करिब १५० जना सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com