Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेफ्स्कून सुर्खेत कार्यालय: आजबाट सेवा सुचारु हुँदै

नेफ्स्कून सुर्खेत कार्यालय: आजबाट सेवा सुचारु हुँदै

काठमाडौं । गत शुक्रबारको घटनाले असहज बनाएको नेफ्स्कून सुर्खेत सदस्य सेवा कार्यालयमा आजबाट सेवा सुचारु हुने भएको छ ।अब परिस्थिति सामान्य बन्दै गएको भन्दै सदस्यहरुलाई सेवा प्रवाहमा कुनै समस्या नहुने संघले जनाएको छ ।

नेफ्स्कून सुर्खेतका इन्चार्ज मदनकुमार चन्दले भने, ‘अस्तिको घटनाका कारण सुरक्षाको दृष्ट्रिकोणले सबैको सरसल्लाहमा हिजो सेवा प्रवाह गरिएन । कार्यालय खोलिएन । अब भने सबै विषयहरु समाधानउन्मुख भएकाले आज कार्यालय समयबाटै सेवा सुचारु हुन्छ ।अब हामी खोल्ने तयारीमा छौं ।’

उनले सुरक्षाका सबै प्रबन्धहरु मिलाएर सेवा सुचारु गरिने बताए । चन्दले भने ‘सुरक्षा प्रबन्ध बलियो बनाएर कार्यालय सुचारु गर्छौ । सदस्य सेवाका लागि हामी रेडी छौं ।' सेवा सुचारुमा सहयोगका लागि नेफ्स्कूनको सदस्य सेवा केन्द्र दाङका इन्चार्ज चन्द्र जोशी पनि केही बेरमा सुर्खेत पुग्दैछन् । 

नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीद्वय मदनकुमार चन्द र पुष्पराज तिमल्सिनामाथि शुक्रबार कार्यालयभित्र संघका सञ्चालक सदस्य वीरबहादुर रावत भोटेले सांघातिक आक्रमण गरेपछि स्थिति प्रतिकुल बनेको थियो । नेफ्स्कून बोर्डले उनलाई निलम्बन गरी घटनाको छानविनका लागि अध्ययन कार्यदल गठन गरेसँगै परिस्थिति सामान्य बनेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार