Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारीहरुको टीटीआर रिपोर्टिङ घट्यो, एसटीआर/एसएआर बढ्यो

सहकारीहरुको टीटीआर रिपोर्टिङ घट्यो, एसटीआर/एसएआर बढ्यो

काठमाडौं । सहकारीहरुले अघिल्लो आर्थिक वर्षमा नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू) मा ६३,७८९ वटा सीमा कारोबार विवरण (टीटीआर) को रिपोर्टिङ गरेका छन् । यो संख्या अघिल्ला ४ वर्षहरुको तुलनामा कम हो ।

त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा सहकारीहरुले १२२,५२४ वटा टीटीआर रिपोर्टिङ गरेका थिए । त्यसैगरी, त्यसअघिका वर्षहरुमा सहकारीहरुले क्रमशः २२१,४२२, २७४,११३ र २३४,५१७ वटा टीटीआर रिपोर्टिङ एफआईयूमा गरेका थिए । एफआईयूद्वारा आज सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । 

यसैगरी, प्रतिवेदनमा शंकास्पद कारोबार प्रतिवेदन (एसटीआर) तथा शंकास्पद गतिविधि प्रतिवेदन(एसएआर) को हकमा अघिल्लो आर्थिक वर्षमा सहकारीहरुले जम्मा ३६ वटा रिपोर्टिङ एफआईयूलाई गरेका छन् । यो भने अघिल्ला ४ वर्षहरुको तुलनामा बढेको छ ।

त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा सहकारीहरुले शंकास्पद कारोबार प्रतिवेदन (एसटीआर) तथा शंकास्पद गतिविधि प्रतिवेदन(एसएआर) सम्बन्धमा केवल ८ वटा मात्र रिपोर्टिङ गरेका थिए । त्यसअघिका आर्थिक वर्षहरुमा क्रमशः १, ३ र ० रिपोर्टिङ एफआईयूलाई गरेका थिए ।

आर्थिक वर्ष २०२०/२१ बाट गोएमएल प्रणाली लागू गरिएसँगै शंकास्पद कारोबार (एसटीआर) तथा शंकास्पद गतिविधि कारोबार (एसएआर) को रिपोटिङ बढेको एफआईयूले जनाएको छ । 

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ (घ) र १० (क) अनुसार सहकारी संस्थाहरुले संस्थामा भएको कारोबारको आधारमा शंकास्पद कारोबार गतिविधि प्रतिवेदन तथा सीमा कारोबार विवरण हरु वित्तीय जानकारी इकाईमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार