काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत आउँदो फागुन २१ मा हुने चुनावका लागि आज १ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ । सबै निर्वाचन क्षेत्रमा एकै दिन मनोनयन दर्ता हुन लागेको हो ।
प्रमुख राजनीतिक दलहरूले धेरैजसो निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । टिकट पाएका अरू धेरैजसो उम्मेदवार पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
निर्वाचन आयोगले मनोनयनका क्रममा तडकभडक नगर्न निर्वाचन आयोगको आग्रह गरेको छ ।
आचारसंहिता लागू भइसकेको र यसको पालना गर्न आयोगले सूचित गरेको छ । मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । लगत्तै बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।
मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिने अवधि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । भोलि दिउँसो ३ बजेदेखि पर्सि बिहीबार बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले निर्णय गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने जनाएको छ ।
शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । शुक्रवार नै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । आउँदो फागुन २१ गतेका दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com