काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाला निर्माण तथा विस्तार परियोजनालाई सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेको छ।
सहरी विकास मन्त्रालयले उक्त रंगशालालाई उच्च प्राथमिकताका आयोजनामा राख्दै कार्यान्वयन प्रक्रिया अघि बढाएको जनाएको छ। यसअघि वर्तमान सरकारले असोज महिनाको अन्त्यतिर रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आवश्यक नयाँ सम्झौता प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको थियो।
मन्त्रिपरिषद्को निर्णयअनुसार गुरुयोजनाअनुसार आवश्यक पर्ने जग्गा व्यवस्थापन गर्न त्रिभुवन विश्वविद्यालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लगायत सरोकारवाला संस्थालाई कानुनबमोजिम समन्वय गर्न भनिएको छ।
सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत योजनाअनुसार करिब १० अर्ब रुपैयाँ बराबरको थप लगानी गर्ने तयारी छ। सो लगानीपछि रंगशालाको दर्शक क्षमता वृद्धि हुनुका साथै संरचनालाई आधुनिक सुविधासहितको अन्तर्राष्ट्रियस्तरको खेल पूर्वाधारका रूपमा विकास गरिने लक्ष्य राखिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com