ललितपुर । रौतहट बचत तथा ऋण सहकारी संघ लि का उपाध्यक्ष हुन्-रामविश्वास पासवान । बचत संघको १३ सदस्यीय सञ्चालक समितिका उनी एक मात्र ४० वर्ष मुनिका सदस्य हुन् । अघिल्लो कार्यकालमा पनि उनी उपाध्यक्ष नै थिए । ३७ वर्षका पासवान कृषि उद्यमी पनि हुन् ।
राष्ट्रिय सहकारी महासंघले ललितपुरमा आयोजना गरेको दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन २०८२ मा सहभागी उनी भन्छन्, ‘सहकारी स्थापनाको उद्देश्य भनेकै सदस्यहरुको सामाजिक आर्थिक रुपान्तरण हो । यस अभियानमा युवाहरु जोडिनुपर्छ । र, युवाहरु भन्ने बित्तिकै प्रविधि आइहाल्छ । यस भूमिकामा हामी कही चुकेका छौं कि भन्ने लाग्छ । म आफै पनि युवा र त्यसमाथि उद्यमी भएका कारण पनि यो सम्मेलनबाट धेरै सिकिन्छ भन्ने विश्वास लिएर आएको छु । यही विश्वासका साथ बचत संघले पनि मलाई पठाएको छ ।’
उनी भन्छन्म, 'लाई सिक्ने चाहना छ । सहकारीमा अझ धेरै सिक्ने इच्छा छ । र, युवा र प्रविधिका बारेमा विज्ञहरुबाट बुझ्ने चाहना छ । त्यसैले सम्मेलनमा सहभागी हुँदा पक्कै खुसी छु ।'
रौतहटको गुजरा नगरपालिका वडा नं ७ प्रतापपुरका पासवान सहकारीमार्फत समाज रुपान्तरण गर्न सकिन्छ भन्नेमा विश्वस्त छन् । उनी व्यावसायिक फर्ममार्फत पशुपालन कर्ममा लागेका छन् ।
उनको प्रारम्भिक संस्था सृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड हो । उनी उक्त संस्थामा अध्यक्ष छन् ।
उद्यमको कुरा गर्दा, कोभिड अघिसम्म अवस्था राम्रो भएपनि त्यसपछि भने फर्म सञ्चालनमा कठिनाई भएको उनले सुनाए । उनले एक्लो प्रयासमा २०७७ सालमा फर्म सञ्चालन गरेका हुन् । यो सम्मेलनबाट व्यक्तिगत रुपमा आफूलाई र संस्थागत रुपमा बचत संघलाई पनि फाइदा पुग्ने उनले ठानेका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com