Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

निर्वाचनमा सकेसम्म स्वदेशमै उत्पादित सामग्री प्रयोग गर्ने निर्वाचन आयोगको नीति

निर्वाचनमा सकेसम्म स्वदेशमै उत्पादित सामग्री प्रयोग गर्ने निर्वाचन आयोगको नीति

काठमाडौं । निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्भव भएसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति बनाएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको जनाएको छ ।

निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगले जनाएको छ । 

आयोगले केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि रु छ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै ९स्टक० लाई पुनः प्रयोगमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार