Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति

ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति

काठमाडौं । नेपाल आयल निगमले बजारमा खानापकाउने ग्यास अभाव नरहेको स्पष्ट पारेको छ । निगमले प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको छ । 

इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३ सय ४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २ सय ६४ र डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिक टन ग्यास आयात भएको थियो । 

यो परिणाम जाडोयामको माग धान्न पुग्ने ग्यास भएको निगमले जनाएको छ । अहिले केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराउन निर्देशन दिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी गराए ।

बजारमा एलपी ग्यासको अहिलेको अवस्था तथा आसन्न चुनावलाई समेत मध्यनजर गरी फेब्रुअरी महिनाका लागि साविकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको उनले बताए । आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्नसमेत निगमले आग्रह गरेको छ ।

1_page-0001_TtU7dk7fb5.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार