Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

अब संस्थागत यात्रा ओझिलो र कसिलो बनेको छ: सिवाईसी साकोस

अब संस्थागत यात्रा ओझिलो र कसिलो बनेको छ: सिवाईसी साकोस

काठमाडौं । बागलुङको चिरपरिचित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट  इजाजतपत्र प्राप्त गरैसँगै कर्जा सूचना केन्द्रमा समेत आवद्धता प्राप्त गरेको छ ।

सिवाईसी साकोस दुबै निकायमा आवद्ध भएसँगै बचत तथा ऋणको कारोबारलाई व्यवस्थित रुपमा अगाडि बढाउन बलिया कानूनी आधार तय भएको संस्थाले जनाएको छ । साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले भनेका छन्, 'अब संस्थागत यात्रा ओझिलो र कसिलो बनेको छ ।' सहकारी नियमन प्राधिकरकणले बचत तथा ऋणको कारोबार गर्न सिवाईसीलाई इजाजत प्रदान गरेको छ भने ऋण लगानी गर्दा कुनै पनि सदस्य कालो सूचीमा परेको छ वा छैन भन्ने यकिन गर्न सहज हुने भएको छ । यसले  ऋण लगानीलाई सुरक्षित र व्यववस्थित गर्न मद्दत पुग्ने अध्यक्ष पौडेलले बताए ।  

प्राधिकरणले सिवाईसी साकोसलाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम प्राधिकरणमा दर्ता गरी सञ्चालन इजाजपत्र प्रदान गरेको हो ।

संस्थाको इजाजतपत्र नं. २०६६ ०१३२६ रहेको छ । यसैगरी कर्जा सूचना केन्द्रको दर्ता नम्बर CP00076 रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार