Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
निर्वाचन आचारसंहिता, २०८२

चुनावी प्रचारप्रसार पूर्व घोषणापत्र अनिवार्य

चुनावी प्रचारप्रसार पूर्व घोषणापत्र अनिवार्य

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानु पूर्व राजनीतिक दल र उम्मेदवारहरुले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०८२ मा उक्त व्यवस्था गरिएको आयोगले जनाएको हो । आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी त्यसको आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आउदो फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ ।

हालसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेश नगरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा छ ।

राजनीतिक दल वा निर्वाचित उम्मेदवारले चुनावी घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार