Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
आईसीसी टी–२० विश्वकपको नेपालको यात्रा

प्रधानमन्त्रीको शुभकामना-विजयी भव:

प्रधानमन्त्रीको शुभकामना-विजयी भव:

 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आजबाट आईसीसी टी–२० विश्वकपको तेस्रो सहभागिताको औपचारिक सुरुवात श्रीगणेश गर्न लागेको नेपाली टोलीलाई शुभकामना व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली टी–२० टोलीलाई विजयी भव भन्दै शुभकामना व्यक्त गरेकी हुन् । भारत र श्रीलंकामा जारी टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले बलियो टेस्ट टोली इंग्ल्यान्डसँग समूह ‘सी’ को दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। यसअघि यही समूहको पहिलो खेलमा वेस्टइन्डिजले स्कटल्यान्डलाई पराजित गरेको थियो।
प्रधानमन्त्रीले लेखेकि छिन्, 'आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति। तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार र सफलताको आड छ। इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना
विजयी भवः।
अनि धेरै माया पनि

दिउँसो ३स्१५ बजे मुम्बईको वानखेडे मैदानमा सुरु हुने खेलमा नेपाल आफूलाई प्रतिस्पर्धात्मक टोलीका रूपमा इंग्ल्यान्डविरुद्ध मैदानमा उतार्ने तयारीमा रहनेछ। त्यसो त नेपाली टोलीले वार्मअप खेलमा दुवै जित निकाल्दै आत्मविश्वासी रहेको अवस्थामा इंग्ल्यान्डलाई कडा चुनौती दिने विश्वास गरिएको छ।

629774375_122119936053063894_209968160570436964_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार