Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

निरन्तर निर्वाचन तयारी अनुगमनमा अर्थमन्त्री

निरन्तर निर्वाचन तयारी अनुगमनमा अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी २०८२ फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत हिजो २०८२ माघ २४ गते शनिबार सुर्खेत जिल्लाको स्थलगत अनुगमन गरेका छन् । जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्धको स्थिति र आचारसंहिता परिपालनाको अवस्था समेतका विषयमा उनले जानकारी लिएका छन् ।  

सो अवसरमा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्‍वर उपाध्यायले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र २० वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको विषय अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

अनुगमनकै क्रममा  अर्थमन्त्रीले  प्रदेश निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका थिए । उनले मुख्य निर्वाचन अधिकृत एवम् निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपक ढकाल, निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत कैलाश भट्टराई, प्रदेश निर्वाचन अधिकारी लाल बहादुर गुरुङ्गसँग छलफल गरी निर्वाचनको हालसम्मको तयारी र अवस्थाका बारे जानकारी लिएका थिए ।

अर्थमन्त्रीले गुर्भाकोट नगरपालिकाको मेहलकुनास्थित निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालयको समेत स्थलगत भ्रमण गरे । सुर्खेत जिल्लामा निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्‍चात अर्थमन्त्रीले निर्वाचनको तयारीका क्रममा जोखिमयुक्‍त वातावरण नरहेको, निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि वढेको र स्थानीयस्तरमा राजनीतिक दल तथा उमेदवारहरुका बीचमा स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण भएको आफुले अनुभूत गरेको विषय जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार