काठमाडौ । निर्वाचन आयोगले आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइ सम्पन्न भई ढुवानी शुरु भएको र निर्वाचन सामग्रीहरू तोकिएको समयभन्दा अगावै मतदान केन्द्रमा पुग्ने सुनिश्चितता व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनलाई राष्ट्रिय दायित्वका रूपमा लिँदै तयारीका सबै पेचिला चुनौतीहरू पार गरेको उहाँले बताउनुभयो ।
आयोगले मतपत्र छपाइको कार्य सम्पन्न गरी सम्बन्धित निर्वाचन क्षेत्र र मतदान केन्द्रहरूमा पठाउने प्रक्रिया शुरु गरिसकेको छ । मतदान अधिकृतहरूले तालिम लिएर कार्यक्षेत्रमा खटिनु अगावै सबै सामग्रीहरू उनीहरूको जिम्मामा पुग्ने गरी कार्यतालिका निर्माण गरिएको भण्डारीले बताउनुभयो ।
यसपटकको निर्वाचनमा ऐतिहासिक रूपमा ९ लाख ५० हजार नयाँ मतदाता थपिएका छन् । आयोगले यस ठूलो संख्याको व्यवस्थापन र निर्वाचनको निष्ठा जोगाउन सञ्चारकर्मीहरूको भुमिका महत्वपूर्ण हुने भन्दै सत्य र तथ्यपरक समाचार संप्रेषणमा जोड दिएको छ ।
छिमेकी मुलुक बंगलादेशको उदाहरण दिँदै उहाँले मुलुकको अनुशासनलाई लयमा ल्याउन र लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन बाहेक विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com