काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सुरक्षा निकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायातलगायत चुनावी सुरक्षासम्बन्धी सामग्रीको यथोचित व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा चुनावमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानवअधिकार संरक्षणका लागि भएका कार्यहरू सम्बन्धमा जानकारी गराउन सरकारसँग आग्रह गर्नुभएको थियो ।
आयोगले चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा व्यवस्थाको तयारी तथा मानवअधिकारको संरक्षण सम्बन्धमा सरकारका चारवटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीसँग छलफल गरी आयोगले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न आग्रह गरेको हो ।
कार्यक्रममा आयोगका सदस्य, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com