Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'आम्दानीको केही अंश नेपालमा लगानी गर्नुहोस्'

'आम्दानीको केही अंश नेपालमा लगानी गर्नुहोस्'

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सम्भावना रहेको बताउँदै आम्दानीको केही अंश नेपालमा लगानीका गर्न वैदेशिक रोजगारीमा रहेका तथा गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाली जनसम्पर्क समिति यूएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरू एक्सप्लोर गर्न बाँकी रहेको हुँदा ती क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताउनुभएको हो ।

उहाँले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्ताहरूमा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको पनि दाबी गर्नुभयो ।

उहाँले मुलुकभित्र लगानी गरेर उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सहयोग गर्न समेत गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई आग्रह गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेका नेपाली समेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै उक्त कम्पनीमा लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार