काठमाडौं । निर्वाचन आयोगले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानमार्फत नागरिकले नीति, नेतृत्व, शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने भएकोेले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो । लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो । आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक/कानुनी अधिकार मात्र होइन, लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो ।”
उहाँले फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्याइएको जानकारी दिनुभयो ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com