काठमाडौं । अबदेखि राष्ट्रिय परिचयपत्र बनाउन छुट्टै आवेदन फाराम भर्न नपर्ने भएको छ । गृह मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडेसँगै छुट्टाछुट्टै फाराम भर्न नपर्ने भएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले हिजो जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा मन्त्रालयले सञ्चालनमा ल्याएको केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच डेटा आदानप्रदान हुने व्यवस्था मिलाइएको जानकारी गराउनुभयो ।
योसँगै नागरिकता बनाउने बेला भरेकै विवरणको आधारमा राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ । यो नयाँ व्यवस्थासँगै फाराम भर्नकै लागि नागरिकले गर्नुपर्ने खर्च र समयको बचत हुने मन्त्रालयको विश्वास छ । यसअघि राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि आवेदन फाराम भर्न र जैविक (बायोमेट्रिक) विवरण दिन तोकिएको एकाइमै पुग्नुपर्ने बाध्यता थियो ।
गृह मन्त्रालयका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रको प्रणालीलाई अरु १२ वटा सार्वजनिक सेवासँग अन्तरआबद्ध गर्ने काम पूरा भएको छ । यसरी विभिन्न निकायसँग प्रणाली जोडिँदा दोहोरोपना नियन्त्रण भएको र राज्यकोषको समेत बचत भइरहेको मन्त्रालयको भनाइ छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com