पोखरा, १५ चैत्र। ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सहकारीले उद्यमशीलतालाई प्राथमिकतामा राखेर सेवा दिनुपर्ने समय आएको बताएका छन् ।
कार्यक्रममा सहकारी मार्फत उद्यमशीलताको आवश्यकता किन छ ? भन्ने विषयमा प्रस्तुतीकरण राख्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक परितोष पौड्यालले स्थानीय स्रोत साधनको उपयोग र उत्पादनलाई व्यावसायिकरण गर्न सहकारी मार्फत सबै वर्गमा पुर्याउन सहज हुनुका साथै यस कार्यले देशमै स्वरोजगार बढाउने, देशमै युवालाई रोक्न सकिने, सहकारी र सामुहिक व्यवसायिकतालाई सशक्त बनाई सामाजिक एकताको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने भनाइ राख्नुभएको थियो ।
सहकारीमा समितिका सदस्यहरुको निर्दिष्ट आचरण देखिनुपर्ने, विद्यमान अवस्थामा सदस्यको विश्वास जोगाउनु नै महत्वपूर्ण रहेको र शेयर सदस्यले पनि सञ्चालक समितिको जवाफदेहिता माग गर्ने संस्कार बसाल्नु पर्ने, सहकारीको उत्पादन वा उद्यममा सक्रिय सहभागीता र संस्थाप्रति सदस्यहरुको विश्वास रहनुपर्ने विषयमा सञ्चालक पौड्यालको जोड थियो ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी रजिष्ट्रार कार्यालय कास्कीका रजिष्ट्रार भेषराज रिजालले चालु आर्थिक वर्षमा सहकारी विभागले गण्डकी प्रदेश अन्तर्गतका सहकारीमा आफ्नो योजना र नीति अनुरुप भए गरेका कामकारवाहीको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । सहकारीलाई स्वच्छ र पारदर्शीता बनाउन सबैको उत्तिकै सहयोग रहनुपर्ने, नीति नियम भन्दा बाहिर गएर सहकारीका मर्म विपरित हुने कार्यलाई कानुनले नछाड्ने बताउँदै रजिष्ट्रार रिजालले सहकारीको ऋण लिएर सञ्चालकलाई दोषी देखाउने प्रवृत्ती देखिएकाले अब ऋण लिएर नतिर्ने ऋणीलाई पनि कारवाहीको दायारामा ल्याईने र कानुन अनुसार सदस्यको लगानीलाई सुरक्षित बनाउन रजिष्ट्रारको कार्यालय निरन्तर तयार रहेको बताउनुभयो ।
नेफस्कूनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेलले सहकारी क्षेत्रलाई सकरात्मक पक्षको पनि मूल्यांकन गर्न सबैलाई सुझाउँदै केही सहकारीमा आएको बदमासीलाई सबै सहकारीलाई एकै ठाउँमा राखी हिनतामा बाच्नु पर्ने अवस्था नभएको बताउँदै उहाँले देशमा सहकारी मार्फत ९२ हजारलाई प्रत्यक्ष रोजगार दिएको सहकारी अभियानले अब सहकारी मार्फत हुने उद्यमशीलतामा युवा पंतिलाई जोड्ने नियम अबको सरकारले पक्कै गर्नेछ र सदस्यलाई दिने सेवासँगै ब्याजदर र सुविधाको विषयलाई चिन्तन गर्ने गरी सहकारीले नीति तथा योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंककी लेखा समिति सदस्य चन्द्राकुमारी पराजुली, राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमनाथ जैसीले ६९ औँ राष्ट्रिय सहकारी दिवसको शुभकामना मन्तव्य राख्नुभएको थियो । महासंघका सञ्चालक परितोष पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघ लि.कास्कीका अध्यक्ष दिपकराज बास्तोलाले र सञ्चालन महासचिव दिपकप्रकाश आचार्यले गर्नुभएको थियो ।
कार्यक्रम गण्डकी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी रजिष्ट्रारको कार्यालय, पोखरा र राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा जिल्ला सहकारी संघ लि. कास्कीको समन्वयमा पोखरा भएको थियो ।
(श्रीराम सुबेदी)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com