Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
नेपाल–चीन  कूटनीतिक सम्बन्धको ७० वर्ष

बेइजिङमा ‘नेपाल खाद्य महोत्सव २०२५’

बेइजिङमा ‘नेपाल खाद्य महोत्सव २०२५’

काठमाडौं । चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले सोमबार दूतावास परिसरमा ‘नेपाल खाद्य महोत्सव २०२५’ कार्यक्रम आयोजना गरेको छ । नेपाल–चीनबिच  कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव र चीनमा नेपाल भ्रमण वर्ष २०२५ का अवसर पारेर चीनमा नेपालको पाककला सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको दूतावासले जनाएको छ ।

सो क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणाले भिडियो सन्देशमार्फत नेपालको जीवन्त र विविध पाककला सम्पदाबारे चर्चा गर्दै विश्वभरका मानिसलाई नेपाली खाद्य संस्कृतिको प्रत्यक्ष अनुभव लिन नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले विश्वका अन्य क्षेत्रभन्दा अद्वितीय र प्रामाणिक मानिने नेपाली खानाको समृद्धिबारे वर्णन गर्नुभयो । साथै उहाँले सहभागीलाई नेपालका परम्परागत परिकारको आनन्द लिन नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार