काठमाडौं, नेपाल । मिनिल्याण्ड इङ्गलिस सेकेन्डरी स्कूलको आयोजनामा तथा कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। उक्त महोत्सव २०२६ अप्रिल ७ देखि अप्रिल ११ सम्म सञ्चालन गरिएको थियो।
महोत्सवमा भारत, बंगलादेश, दक्षिण कोरिया, थाइल्याण्ड, इजिप्ट, टर्की तथा नेपालका कलाकार तथा सांस्कृतिक प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। पश्चिम एसियाम विकसित युद्धका कारण युरोपका केही समूहहरूले अन्तिम अवस्थामा आफ्नो सहभागिता रद्द गरेका थिए। कार्यक्रमको मुख्य उद्देश्य विभिन्न देशबीच सांस्कृतिक आदान–प्रदान, आपसी समझदारी तथा अन्तर्राष्ट्रिय मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्नु रहेको थियो।
कार्यक्रमको सुरुवात विद्यालय परिसरबाट सुरु भएको रंगीन सांस्कृतिक र्यालीबाट गरिएको थियो, जसमा अन्तर्राष्ट्रिय कलाकार, नेपाली सांस्कृतिक समूह, स्काउट, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त र्यालीलाई स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूले हार्दिक स्वागत गरेका थिए।
औपचारिक कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, विद्यालय अध्यक्ष तथा महोत्सव निर्देशक डा.जयराम वाग्ले, र विद्यालयका प्रधानाध्यापक मणिराम वाग्ले लगायत विशिष्ट अतिथिहरूले आ–आफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नगर प्रमुख उपेन्द्र कार्कीले यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमहरूले नगरको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने र युवापुस्तामा सांस्कृतिक चेतना विकास गर्ने बताउनुभयो ।
महोत्सवका संयोजक तथा विद्यालय अध्यक्ष डा. जयराम वाग्लेले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्ने, विभिन्न संस्कृतिप्रति सम्मान बढाउने तथा नेपाललाई विश्वसामु चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो।
प्रधानाध्यापक मणिराम वाग्लेले विद्यालयमा यस्ता कार्यक्रमले शैक्षिक वातावरणलाई अझ समृद्ध बनाउने र विद्यार्थीहरूको प्रतिभा उजागर गर्न मद्दत गर्ने विचार व्यक्त गर्नुभयो।
महोत्सव अवधिभर विभिन्न देशका कलाकारहरूले आ–आफ्ना देशका परम्परागत नृत्य, संगीत तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए, जसले दर्शकहरूलाई अत्यन्त आकर्षित बनाएको थियो।
कार्यक्रमको समापन सहभागी कलाकार तथा प्रतिनिधिहरूलाई ट्रफी, प्रमाणपत्र तथा सम्मान प्रदान गर्दै गरिएको थियो। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कागेश्वरी मनोहरा नगरपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रममार्फत सांस्कृतिक शिक्षा तथा अन्तर्राष्ट्रिय मित्रतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com