सरकारले इजरायल, बहराइन, कुवेत र लेबनानको लागि पनि पुनः श्रम स्वीकृति खुला गरेको छ । खाडीका देशमा युद्ध चर्किएपछि १७ फागुनदेखि रोकिएको पुनः श्रम स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति सुरु गरिएको हो।
सअघि नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत फागुन १७ को मन्त्रीस्तरीय निर्णयबाट साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुरु गरिएको थियो। तर, इजरायल, बहराइन, कुवेत र लेबनानको हकमा भने बन्द नै रहेको थियो । तर, बुधबारदेखि भने यी देशको हकमा पनि पुनः श्रम स्वीकृति खुला भएको हो ।
इराकमा भने सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको देश भएकाले सरकारले तोकेको कागजात पुर्याउनेहरूले मात्रै पुनः श्रम स्वीकृति पाउने विभागले उल्लेख गरेको छ ।
खाडीका देशमा पुनः श्रम स्वीकृति खुला भए पनि नयाँको हकमा अझै अनिश्चित नै छ । यसअघि खाडीका देशस्थित नेपाली दूतावासहरूले तत्काल नयाँ श्रम स्वीकृति खुला गर्नु उपयुक्त नहुने सुझाव दिएका थिए ।
पछिल्लो समय टोकन लिएर मिति र समय कुर्न नपर्ने बरु आवेदन दिएकै दिन श्रम स्वीकृति प्राप्त हुने व्यवस्था गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com