काठमाडौं । संसदीय समितिहरुमध्येको एक-कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद अशोककुमार चौधरी सर्वसम्मत निर्वाचित हुने पक्का भएको छ । आज ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसीमामा चौधरीको एकल उम्मेदवारी परेसँगै उहाँ समितिको सभापतिमा सर्वसम्मत निर्वाचित हुने निश्चित भएको हो । चौधरी रास्वपाको सहकारी विभाग प्रमुख हुनुहुन्छ ।
भोलि बस्ने समितिको बैठकले चौधरी निर्विरोध भएको घोषणा गर्न मात्रै बाँकी रहेको छ । समितिमा चौधरीसँगै कुल २६ सांसद सदस्य छन् । प्रतिनिधि सभाको चैत २७ गतेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले मिनि संसदका रुपमा लिइने सबै समितिमा रहने सदस्यहरूको नाम बाचन गर्दै सभापतिको निर्वाचन बैशाख ४ गते भोलिका लागि तोक्नुभएको थियो ।
सुनसरी–३ बाट निर्वाचित चौधरी रास्वपा पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ । २०७९ सालमा समानुपातिबाट सांसद चुनिनुभएका उहाँ यो पटक प्रत्यक्षतर्फबाटै निर्वाचित हुनुभएको हो । अघिल्लो कार्यकालमै चौधरी रास्वपाको सहकारी विभाग प्रमुख हुनुहुन्थ्यो ।
रास्वपाको सहकारी विभाग हाल कोशी प्रदेशको इटहरीका चौधरीको नेतृत्वमा ९ सदस्यीय रहेको छ । विभागका सदस्यहरुमा चन्द्र कुमार गौली, कृष्णचन्द्र आचार्य, बोधराज रेग्मी, यज्ञमणि न्यौपाने, सरोज पोखरेल, नवराज सापकोटा, गिरिराज ओझा र ऋषिराम चपाई रहनुभएको छ ।
रास्वपाको २०८० बैशाख १८ गते सोमबार बसेको केन्द्रीय समिति बैठकले चौधरीको नेतृत्वमा सहकारीसहित ३७ विभाग गठन गरेको थियो । त्यसयता उहाँले नै पार्टीको सहकारी विभाग हेर्दै आउनुभएको छ । यद्यपि, सहकारीका फोरमहरुमा विभिन्न राजनीतिक दलका सहकारी विभाग प्रमुखहरु देखिए सुनिए पनि चौधरी भने कुनै पनि सहकारी फोरममा देखिनुभएको थिएन ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com