Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आधारहीन, मिथ्या र भ्रामक सूचना फैलाउनेलाई कारबाही गरिने

आधारहीन, मिथ्या र भ्रामक सूचना फैलाउनेलाई कारबाही गरिने

काठमाडौं । सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना फैलाउनेलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्तिमार्फत कपोलकल्पित समाचार सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐन र अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी जारी गरेको हो ।

 पछिल्लो समय विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आधिकारिकता पुष्टि नभएका सूचनाहरू प्रवाह भइरहेको भन्दै मन्त्रालयले  यस्ता सामग्रीले आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गरेको, समाजमा नकारात्मक र गलत मनोविज्ञान फैलाएको र हचुवाका भरमा सूचना प्रवाह गरी सामाजिक सद्भावमा आँच पुर्‍याएको उल्लेख गरेको छ । 

मन्त्रालयले सबै सञ्चारमाध्यम, सूचना प्रदायक संस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका समाचार तथा सूचना हचुवाका आधारमा प्रकाशन वा प्रसारण नगर्न सचेत गराएको छ । यदि आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन वा प्रसारण भएको पाइएमा त्यस्ता सामग्री प्रकाशन गर्ने व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानुनअनुसार कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । 

त्यसैगरी, मन्त्रालयले भ्रामक सूचना फैलाउन सहयोग पुग्ने कुनै पनि क्रियाकलापमा संलग्न नहुन आम नागरिकलाई पनि आग्रह गरेको छ । यस्ता भ्रामक सूचना वा समाचारबारे जानकारी भएमा वा गुनासो भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमार्फत विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

675616792_1487944159439762_8955750019275127767_n_xGuhI1Sf3h_7BfwPG165l.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार