काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबिच भेटघाट भएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गर्नुभएको हो ।
नेपाल सुपर लिग हेर्न मङ्गलबार नेपाल आउनुभएका ब्राजिलियन लेजेन्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबिचको भेटमा नेपालमा खेलकुद क्षेत्रको विकासबारे छलफल भएको छ ।
५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेल्नुभएको थियो । कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहेपनि स्वास्थ्य अवस्थाका कारण आउन सक्नुभएको थिएन। ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्त्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com