काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले वर्षा गराउने प्रणाली पूर्वतिर सरेको छ । यो हप्ताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने भएकाले पानी पर्ने र रोकिने क्रम कायमै रहने मौसमविद्ले बताएका छन् ।
उच्च क्षेत्रमा हिमपातको पनि सम्भावना छ । आज पश्चिमी, स्थानीय वायु तथा पूर्वी भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । यसअघि हिजो दिउँसो र बेलुका पनि हल्कादेखि मध्यमसम्मको वर्षा र कतै कतै हावाहुरी चलेको थियो ।
आज दिउँसो देशका पहाडी र हिमाली भागमा बादल लाग्नेछ । आजराति बागमती प्रदेशका केही ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ । प्रि–मनसुनमा मेघ गर्जनरचट्याङ्गरहावाहुरीजस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
हुरीबतास, चट्याङ र ठूलो वर्षाबाट हुन सक्ने क्षति घटाउन आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com