काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय गरेको छ । प्रशासनिक सुधार र मितव्ययिता कायम गरी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन संघीय मन्त्रालयहरूको संख्या घटाएको जनाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। मन्त्रालयहरू मर्जसमेत भएकाले नाम पनि हेरफेर भएको छ।
नयाँ सरकार गठन भएलगत्तै जारी गरिएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजनाअघि सारिएको थियो। त्यही योजना कार्यान्वयन गर्न सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित पुनर्संरचना व्यवस्थापन सचिवालयले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयको कार्यविभाजन, नाम परिवर्तन र एकीकरण गरिएको बताइएको छ ।
संघीय मन्त्रालयहरू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
अर्थ मन्त्रालय
गृह मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
शिक्षा तथा खेलकुद मन्त्रालय
सञ्चार मन्त्रालय
युवा, श्रम तथा रोजगार मन्त्रालय
भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय
पूर्वाधार विकास मन्त्रालय
कृषि, वन तथा पर्यावरण।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com