Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सदस्यहरुलाई पाककला सिकाउँदै पोखरा रोयल सहकारी, रोजगारीको अवसर पनि प्रदान गर्ने

सदस्यहरुलाई पाककला सिकाउँदै पोखरा रोयल सहकारी, रोजगारीको अवसर पनि प्रदान गर्ने

काठमाडौं । कास्कीस्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिलाहरुलाई व्यावसायिक सीप सिकाउने उद्धेश्य बमोजिम १५ दिने पाककला (कुकिङ्ग) तालिम सञ्चालन गरेको छ । संस्थाको वार्षिक कार्यक्रम बमोजिम कुकिङ्ग शिक्षाको पहिलो ब्याच अन्तर्गत ११ जना महिला सदस्यहरुका लागि उक्त तालिम रोयल दिदीबहिनी किचनको तालिम हलमा सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

तालिम शुभारम्भ गर्दै संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ्ग (मैना) ले तालिमले दक्ष जनशक्ति उत्पादन गर्नुका साथै महिलाहरुलाई रोयल किचनमा नै रोजगारीको अवसर प्रदान गर्ने गरी व्यवस्थापन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । रोयल दिदीबहिनी किचन सहकारीका ९९ जना महिला सदस्यहरुद्धारा सञ्चालन गरिएको कम्पनी हो ।

699773083_1498006678693389_5415278063524215704_n.jpg
undefined

 
सहकारीले महिलाहरुलाई व्यावसायिक बनाउने उद्धेश्य बमोजिम यस भन्दा अगाडि अचार बनाउने तालिम, मौरी पालन तालिम र तरकारी उत्पादन र बजारीकरण सीप सम्बन्धी तालिम प्रदान गरिसकेको संस्थाका प्रमुख कार्यकारी अधिृकृत भीम गुरुङ्गले बताउनुभयो । आगामी वर्ष संस्थाले २५ जना महिलाहरुलाई व्यावसायिक तालिम दिने लक्ष्य राखेको छ । संस्थाले सदस्यहरुद्धारा उत्पादित सामग्रीहरुको विक्री तथा प्रदर्शनीको लागि सहकारी कोसेली घर समेत सञ्चालन गरिरहेको छ । 

698396792_1498008405359883_4089100231549323758_n.jpg
undefined


तालिम शुभारम्भ कार्यक्रममा संस्थाका उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ्ग, सञ्चालक द्धय खिमकुमारी गुरुङ्ग र हिरालाल श्रेष्ठ, उपसमितिका सदस्यहरु साथै व्यवस्थापनको सहभागिता रहेको थियो । तालिम वरिष्ठ प्रशिक्षक नारायण गिरीको सहजीकरण तथा रोयल दिदीबहिनी किचनको व्यवस्थापनमा सञ्चाल गरिएको संस्थाले जनाएको छ । 

700129827_1498007672026623_6049074903887588230_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार