Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

सुकुम्वासीलाई तीन महिनाका लागि मासिक १५ हजार दिने सरकारको निर्णय

सुकुम्वासीलाई तीन महिनाका लागि मासिक १५ हजार दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सुकुम्वासीहरुलाई तीन महिनाका लागि मासिक १५ हजार रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जनाको परिवारका लागि प्रतिमहिना १५ हजार र थप सदस्य भएका परिवारलाई एक सदस्य बराबर थप दुई हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

मासिक १५ हजार खर्च दिनुअघि एकमुष्ट २५ हजार रुपैयाँ सरकारले पुनर्स्थापना खर्च पनि उपलब्ध गराउने निर्णय गरेको छ।

यस्तै सरकारले वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने,  बालबालिका तथा विद्यार्थीको पठनपाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने निर्णय पनि गरेको छ।

यद्यपि,  सुकुम्बासी बस्तीमा डोजर चलाउँदा सरकारले १५ दिनमा व्यवस्थापन गरिसक्ने बताएको थियो। तर वैशाख १२ गतेदेखि डोजर चलाउन सुरु गरेको सरकारले महिना दिन पुग्न लाग्दासमेत अहिलेसम्म सुकुम्वासीहरुको व्यवस्थापन गर्न सकेको छैन।

यस्तै, मन्त्रिपरिषद् बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६।११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने, अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९।३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।

यसैगरी बैठकले प्रत्यायान नियमावली, २०८३ स्वीकृत गर्ने, सैनिक सेवा ९छैटौँ संशोधन० नियमावली, २०८३ स्वीकृत गर्ने, नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने र नेपाल सरकार ९कार्य विभाजन० नियमावली, २०८३ अनुसार हुने गरी राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार