काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि आज आइतबार छात्रवृत्ति परीक्षा सञ्चालन गरेको छ । बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी भएको महानगरले जनाएको छ। परीक्षाका लागि ८३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
काठमाडौं महानगरले कक्षा ११ र १२ मा निःशुल्क अध्ययनका लागि निजी विद्यालयलाई सिफारिस गर्ने विद्यार्थीका लागि २६ हजार ६८० जना परीक्षार्थी सहभागी हुन योग्य भएका हुन्। आवेदन दिने २६ हजार ८८८ जना विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको महानगरपालिकाले जनाएको छ। आवेदन स्विकृत भएका विद्यार्थी आज परीक्षामा सहभागी हुन लागेका हुन् ।
महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गरेर महानगरपालिका क्षेत्रभित्र ११ र १२ कक्षा सञ्चालन हुने निजी (संस्थागत) विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो।
महानगरको यो कार्यक्रमबाट गत वर्षसम्म देशभरका करिब १५ हजारजति विद्यार्थी लाभान्वित भइसकेका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com