Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
समस्याग्रस्त सहकारी

हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्थाका १३२ ऋणीको नामावली सार्वजनिक

हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्थाका १३२ ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ ऋणीको नामावली सार्वजनिक गरेको छ । 

हाम्रो नयाँ कृषि सहकारीको १२ र कृषि विकास बहुउदेश्यीय सहकारीका १२० ऋणी छन् । समितिले गएको वैशाख २३ गतेको निर्णयअनुसार नामावली सार्वजनिक गरेको जनाएको छ । समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो । 

यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुनसमेत आग्रह गरिएको छ । त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । 

अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिhttps://www.coopmc.gov.np/content/13269/list-of-debtors-of-our-new-agriculture/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार