ललितपुर । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधिमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । बिहिबार सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसिसयसनले आयोजना गरेको भविष्य निर्माणमा नवप्रवर्तन र दिगो विकास विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले राष्ट्रको आवश्यकता र समयको मागअनुसार विकास नीति अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेपालका लागि काम लाग्ने इनोभेससनमा जोड दिनुपर्यो । आम नेपाली जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधि अघि बढाउँदा राम्रो हुन्छ, उहाँले भन्नुभयो । उपप्रधानमन्त्री सिंहले विकासको काम अघि बढाउँदा दिगो विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, फरक सन्दर्भमा उहाँले वैशाख ११ गतेको नेपालको राजनीतिक इतिहासमा विशिष्ट महत्व रहेको बताउनुभयो । केन्द्रीकृत शासन प्रणालीबाट संघियता र राजतन्त्रबाट गणतन्त्रमा जाने दिनका रूपमा वैशाख ११ को विशेष महत्व रहेको भन्दै सिंहले लोकतन्त्र दिवसको शुभकामना दिनुभयो । उहाँले लोकतन्त्र लामो संघर्षबाट प्राप्त भएको भन्दै यसको महत्व बुझ्न आग्रह गर्नुभयो । अहिले अधिकारको कुरा मात्रै धेरै हुने गरेको भन्दै अधिकारसँगै आफ्नो जिम्मेवारीमा पनि जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com