काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रस्तावित बजेटअनुसार सञ्चित कोषमार्फत २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारका लागि छुट्याइएको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर सभामा कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्दै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्ताव गरेकी हुन् ।डंगोलका अनुसार आगामी आवमा सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यसमध्ये महानगरको आन्तरिक आय तथा बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।
यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त अनुदान, वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । जनसहभागिताबाट थप १ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ ।
क्षेत्रगत बजेट विनियोजनमा पूर्वाधार विकासले सबैभन्दा ठूलो हिस्सा पाएको छ । यस शीर्षकमा कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।
आर्थिक विकासतर्फ ५४ करोड १८ लाख २० हजार रुपैयाँ (२.१ प्रतिशत), सामाजिक विकासतर्फ २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ (९.६ प्रतिशत) तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रका लागि २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ (८.५ प्रतिशत) विनियोजन गरिएको छ ।
त्यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ अर्थात् कुल बजेटको १८.८ प्रतिशत छुट्याइएको छ ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्दै सेवा प्रवाह, सामाजिक विकास र प्रशासनिक सुधारलाई समेत सन्तुलित रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com