Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
महिला नेतृत्व र वित्तीय सबलीकरणका लागि सिवाईसी नेपालको पहल

बागलुङको सिवाईसी साकोसद्वारा १ सय बढी महिलालाई प्रशिक्षण

बागलुङको सिवाईसी साकोसद्वारा १ सय बढी महिलालाई प्रशिक्षण

बागलुङ, असार ५। महिलाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणलाई प्रवर्धन गर्ने उद्देश्यका साथ चारतारे युवा क्लब, सिवाईसी नेपालको आयोजनामा “महिला सशक्तीकरण, नेतृत्व विकास तथा वित्तीय सबलीकरण प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ ।

एकदिने प्रशिक्षण कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशील महिला नेतृहरू, सिवाईसी नेपालका आजीवन सदस्य, विशिष्ट सदस्य तथा सिवाईसी साकोसका शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित भई नेतृत्व, सकारात्मक सोच र वित्तीय सबलीकरणका विविध पक्षबारे ज्ञान तथा अनुभव आदानप्रदान गरेका थिए ।

IMG_7710.JPG
undefined

प्रशिक्षण सत्रमा नेपाल जेसीसका पूर्व अध्यक्ष तथा अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेशराज दाहाल ले “शक्तिशाली सोच र नेतृत्व” विषयमा सहजीकरण गर्नुभयो । उहाँले व्यक्तिको सोच, दृष्टिकोण र व्यवहारले नेतृत्वको गुणस्तर निर्धारण गर्ने उल्लेख गर्दै महिलाहरूले आफ्नो क्षमता पहिचान गरी समाज परिवर्तनको अगुवाका रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो । नेतृत्व पद वा जिम्मेवारीमा सीमित नभई आफ्नो परिवार, समुदाय र पेशागत क्षेत्रमा सकारात्मक प्रभाव सिर्जना गर्ने प्रक्रिया भएको उहाँको भनाइ थियो ।

IMG_7686.JPG
undefined

त्यसैगरी चारतारे युवा क्लब, सिवाईसी नेपालका सल्लाहकार मन दाहाल ले “नारीवादी नेतृत्व र युवा सशक्तीकरण” विषयमा प्रशिक्षण दिनुभयो । उहाँले लैङ्गिक समानता, समावेशी नेतृत्व र महिलाको निर्णय प्रक्रियामा सहभागिता बढाउन आवश्यक रहेको बताउँदै महिला नेतृत्वको विस्तारले दिगो सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो । उहाँले युवा पुस्तामा सहकार्यको संस्कृति विकास गर्न सके समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो ।

यसैगरी विकास तथा मानवीय सेवाको क्षेत्रमा कार्यरत विज्ञ गोविन्द दाहाल ले “शक्तिशाली सोच” विषयमा प्रशिक्षण दिँदै सकारात्मक सोच, आत्मअनुशासन, लक्ष्य निर्धारण र निरन्तर सिकाइले व्यक्तिको जीवनमा सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो  । चुनौतीलाई अवसरका रूपमा लिन सक्ने मानसिकता विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

IMG_7701.JPG
undefined

कार्यक्रममा सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले महिलाको आर्थिक र सामाजिक सशक्तीकरण बिना समृद्ध समाजको परिकल्पना गर्न नसकिने बताउँदै सहकारी, बचत, उद्यमशीलता र वित्तीय साक्षरतामार्फत महिलाहरूलाई आत्मनिर्भर र सशक्तिकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रमको उद्देश्यबारे संस्था कार्यसमिति सदस्य सीता शर्माले प्रकाश पार्दै महिलाको नेतृत्व क्षमता अभिवृद्धि, वित्तीय चेतनाको विस्तार र सकारात्मक सोचको विकासमार्फत समुदायमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने जनशक्ति तयार गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउनुभयो ।

IMG_7717.JPG
undefined

कार्यक्रममा पूर्व प्रतिनिधि सभा सदस्य मना के.सी., अन्तपार्टी महिला सञ्जाल बागलुङका अध्यक्ष सीतादेवी सापकोटा कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

संस्थाका उपाध्यक्ष लक्ष्मण खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सहभागीहरूको तर्फबाट बागलुङ नगरपालिका–१४ निवासी पार्वती शर्मा ढकालले प्रशिक्षण अत्यन्त उपयोगी र समयसापेक्ष रहेको बताउँदै यसबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम संस्थाका सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो । 

IMG_7708.JPG
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार